Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

वर्षा भएपछि किसान रोपाइँमा व्यस्त

विराटनगर, ३ भदौ । लामो समयको अन्तरालपछि खेतीयोग्य वर्षा भएपछि पूर्वी क्षेत्रका किसान आज बिहानैदेखि धानबालीको रोपाइँमा व्यस्त भएका छन् ।

बुधबार अपराह्न धान रोपाइँ गर्न सकिने खालको वर्षा भएको र गएरातिदेखि झरीको रुपमा यतिखेर वर्षा भइरहेका छन् । पूर्वी क्षेत्रको सप्तरी र सिरहामा पचास प्रतिशतभन्दा बढी खेतमा रोपाइँ हुन सकेको छैन । यो वर्षा ती दुई जिल्लाका किसानलाई बढी फाइदा पुग्ने विश्वास गरिएको छ ।

साथै झापा, मोरङ, सुनसरीका साथै पूर्वी पहाडी क्षेत्रका किसान पनि वर्षाबाट लाभान्वित भएका छन् । यसअघि रोपाइँ भएका धानबाली सुक्ने अवस्थामा पुग्न लागेको समयमा यो वर्षाले धानबालीलाई फाइदा पु¥याएको किसान रामधनी यादवले बताउनुभयो ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget