Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

विवादित विषयमा सहमति जुटाउन दोस्रो तहका नेताहरु छलफलमा

काठमाडौँ, ३२ साउन । सीमाङ्कनसहित संविधानका नमिलेका विषयमा सहमति खोज्न प्रमुख चार दलका दोस्रो तहका नेताले छलफललाई तीव्रता दिएका छन् ।

संवैधानिक–राजनीतिक संवाद तथा सहमति समिति मातहतको विशेष समितिको बैठक बस्नुअघि दोस्रो तहका नेताहरु आज बिहानैदेखि विवादित विषयमा सहमति खोज्न छलफलमा जुटेका हुन् ।

सीमा निर्धारणबारे दलहरुबीच भएको सहमतिमा जनताबाट केही पुनरवलोकनको माग आएपछि प्रमुख दलहरुले जनताको भावना समेट्न सीमाङ्कनमा केही पुनरवलोकन गरिने बताएका छन् ।

सिंहदरबारमा भएको बैठकमा निश्चित मत प्रतिशत (थ्रेस होल्ड), धर्म निरपेक्षतालगायतका संविधानका मिलाउन बाँकी विषयमा कसरी सहमतिमा पुग्ने भन्नेबारेमा छलफल भइरहेको एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

प्रमुख दलहरुले कम्तीमा पनि दुईदेखि पाँच प्रतिशतसम्मको थ्रेसहोल्डको व्यवस्था कायम गर्ने विषयमा सहमतिको नजिक पुगेको प्रमुख दलहरुले बताइआएका छन् । दलहरुबीच संवैधानिक अङ्गका पदाधिकारीको पुनःनियुक्ति आवश्यक छैन भन्ने सम्बन्धमा भने आइतबार सहमति भएको थियो ।

प्रमुख दलका दोस्रो तहका नेताहरुले आज अपराह्न बस्ने विशेष समितिको बैठकलाई सहज हुने गरी विवादित विषयमा सहमति जुटाउन छलफल अघि बढाएको बताएका छन् ।

बैठकमा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा (एमाले)का उपाध्यक्ष भीम रावल, एमाओवादीका नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष श्रेष्ठलगायतका नेता सहभागी हुनुहुन्छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget