Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुरुङ्गा (झापा), ४ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको कन्काई नगरपालिका–७ मा गुडिरहेको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाहुनडाँगी–४ निवासी ५१ वर्षीय अच्यूत ढुङ्गाना रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ढुङ्गानाले चलाएको मे६प ६०५६ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ग१ख ४९४९ नम्बरको बसले उछिन्न खोज्दा आज बिहान ९ बजे ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँको विर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मोटरसाइकललाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget