मोरङको राजघाट वडा नम्बर ७ भोटेपुल बस्ने मोतीप्रसाद खतिवडा बोल्न र सुन्न नसक्ने अपाङ्गता भएको ब्यक्ति हुन् । उनको आर्थिक अवस्था पनि ज्यादै दयनिय छ । यस्तो परस्थितिका ब्यक्तिलाई क्यान्सर भएको छ ।

स्वास्थ्य परीक्षण गराउँदा उपचारका लागि चितवनको भरपुर अस्पतालमा मात्र सम्भव हुने कुरा चिकित्सकहरुले जनाएका छन् । तर सो अस्पतालमा गई उपचार गराउने कुनै पनि आर्थिक अवस्था नभएका खतिवडा आफू बाँच्न चाहन्छन् । उनले सबैसँग अनुयन विनय गर्दै भनेका छन, 'मलाई बचाई दिनुहोस् । बाँचेर सामाजिक क्षेत्रमा काम गर्न चाहन्छु ।'
सम्बन्धित अस्पतालमा गई उपचार गर्नका लागि करिव ५ लाख जति रकमको आवश्यक पर्ने बताईएको छ । स्मरण रहोस, यी अपाङ्गता भएका ब्यक्ति आफ्नो शरीर स्वास्थ्य रहुन्जेल अपाङ्गता क्षेत्रमा क्रियाशिल थिए । ग्रामीण अपाङ्ग सेवा संघ राजघाटका सदस्य, पूर्वाञ्चल बहिरा संघ सदस्य तथा श्री अरनिको उच्च माविका शिक्षक अभिभावक संघका सदस्य पनि हुन् ।

Post a Comment