Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संसदको अवरोध खुलाउने पहल गर्न प्रधानमन्त्रीलाई सभामुखको आग्रह


काठमाडौं, पुस २० – सभामुख ओनसरी घर्ती मगरले संसद बैठक खुलाउने बारे प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराउनु भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सभामुख घर्तीले दलहरुबिच सहमति कायम गर्न/गराउन प्रधानमन्त्री दाहाललाई मुख्य भूमिका निभाउन आग्रह गर्नुभयो ।
उहाँले लगातार संसद बैठक अवरुद्ध हुँदै आएको र अबका दिनमा पनि अबरोध भए राजनीतिक संकट झन् गहिरिँदै जाने भन्दै संसद खुलाउन पहल गर्न प्रधानमन्त्री दाहाललाई आग्रह गर्नु भएको उहाँका प्रेस संयोजक बबिन शर्माले जानकारी दिनुभयो ।
जवाफमा प्रधानमन्त्री दाहालले सहमतिका लागि सभामुख घर्तीले थालेको पहललाई धन्यवाद दिँदै अब संसद बैठक अवरुद्ध नहुने आश्वासन दिनु भएको थियो । उहाँले संसद बैठक खुलाउन आफूले पहल गरिरहेको पनि बताउनुभयो ।
सभामुख ओनसरी घर्तीले राजनीतिक गतिरोध अन्त्यका लागि भन्दै मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेता सुवासचन्द्र नेम्वाङ तथा कांग्रेस नेता रामचन्द्रपौडेलसँग छुट्टाछुट्टै भेटघाट गर्नु भएको थियो । सहमतिका लागि भन्दै सभामुखले मंगलबार दलहरुलाई २४ गतेसम्मको समय दिनु भएको छ । 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget