Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सुनसान बन्दै सोलुखुम्बु, होटल तथा लज बन्द हुने अवस्थामा


सोलुखुम्बु, २ पौष । केही समय अघिसम्म पर्यटकले खचाखच भरिएको सोलुखुम्बुको विमानस्थल, होटल, लज, क्याम्पिङ साइट, चौतारा, बाटोघाटो तथा दृश्यावलोकन गर्ने स्थल विस्तारै सुनसान हुँदै जान थालेको छ । पर्यटनको मध्य सिजनमा एकैपटक धेरै पर्यटकको आगमन हुँदा सेवा दिन समेत धौ धौमा परेका होटल व्यवसायी अहिले भने फुर्सदिला छन् ।  चिसो बढेकाले खुम्बु आएका पर्यटक क्रमशः फर्कन थालेपछि सोलुखूम्बुको मुख्य पर्यटकीय स्थल सुनसान बन्दै गएका हुन् । सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चे, त्यसैगरी गोक्यो, चोला पास, कालापत्थर, एभरेष्ट बेस क्याम्प लगायतमा अहिले पर्यटकको चहलपहल निकै कम छ । केही दिन अघिसम्म विदेशी पर्यटक, पर्यटकको भारी बोक्ने चौपाया तथा पर्यटक भरियाको ताँतीले गर्दा आवातजावत समेत अवरुद्ध हुने साँघुरा बाटोघाटोमा अहिले एक दुई जना पर्यटक मात्रै भेटिन्छन् ।

 पर्यटकको मुख्य सिजन मानिने कात्तिकको मध्यतिर एकैदिन ५ सयको हाराहारीमा पर्यटक प्रवेश हुने खुम्बु क्षेत्रमा अहिले दैनिक ३०÷४० जनाको दरले आउने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय मन्जो चेकपेष्टले जनाएको छ । यस वर्ष हरेक महिनामा खुम्बु प्रवेश गर्ने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको स्थानीय व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो लामो समयसम्म मौसमले धोका नदिएको र भूकम्पको त्रास पनि अन्त्य भएकाले यो वर्ष पर्यटब बढेको उनीहरु बताउँछन् ।

  सन् २००३ बाट उकालो लागेको सोलुखुम्बुको पर्यटकको संख्या सन् २००८ मा ३० हजार ५ सय ९९ पुगेको थियो । सन् २०१० मा ३२ हजार १ सय २४ जना पुगेको खुम्बुमा पर्यटक संख्या बढेर २०११ मा ३४ हजार ५ सय ७१  जना पर्यटक खुम्बु प्रवेश गरेका थिए । क्रमशः उकालो लागेको सोलुखुम्बुको पर्यटक संख्या सन् २०१३ मा ३६ हजार दुई सय १२, २०१४ मा ३७ हजार १ सय २४ पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जले जनाएको छ । लगातार उकालो लागेको पर्यटक संख्या २०१५ मा घटेर २७ हजार ४ सय ६५ भएको थियो । भुकम्पका कारण एक्कासी पर्यटकको संख्या घटेको पर्यटन व्यवसायीको भनाई छ ।  ( 
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget