Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

भूकम्पपीडितलाई म्याद गुज्रेका औषधि साथै इसाई धर्म प्रचार

काठमाडौं , वैशाख ३१ गते । भूकम्पपीडितको सहयोगका लागि भन्दै दक्षिण कोरियाबाट आएको चिकित्सकसहितको समूहले काठमाडौं र ललितपुरका विभिन्न स्थानमा स्वास्थ्य जाँचका नाममा म्याद गुज्रेका औषधि बाँड्ने र क्रिस्चियन धर्मको प्रचार गरिरहेको फेला परेको छ।

काठमाडौंको फर्पिङ, दक्षिणकाली र चाल्नाखेल क्षेत्र तथा ललितपुरको गोदावरी र भैसेपाटी क्षेत्रमा स्वास्थ्य शिविर चलाउँदै म्याद गुज्रेका औषधि बाँडिरहेको फेला परेको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले वैशाख २० गते नक्खुमा रहेको कोरियन दूतावासको संरक्षणमा सञ्चालित कोरियन स्कुलमा स्वास्थ्य शिविर सञ्चालन गरिरहेका चारजना कोरियन नागरिकसहित एक ट्रक म्याद गुजे्रका औषधि फेला पारेपछि भूकम्पपीडितको सहयोगका नाममा भइरहेको धर्म प्रचारको खेल बाहिर आएको हो । कोरियन नागरिक जाई गु किम अध्यक्ष रहेको उक्त स्कुलमा सञ्चालित स्वास्थ्य शिविरबाट बरामद औषधिमा म्याद भएको कागज कोरिएको र मेटिएको भेटेपछि प्रहरीले नियन्त्रणमा लिएको थियो ।

परिसरका एसएसपी पिताम्बर अधिकारीले सर्वसाधारणको स्वास्थ्यमा प्रत्यक्ष असर पुग्ने गरी म्याद गुजे्रका औषधि बाँडिरहेको पाइएको विदेशी नागरिक र औषधि बरामद गरिएको बताए । उनले प्रहरीले नियन्त्रणमा लिएका चारजना कोरियन नागरिक र औषधि वैशाख २१ गते थप कारबाहीका लागि औषधि व्यवस्था विभागमा पठाएको बताए ।

'हामीलाई भूकम्प पीडितका लागि सञ्चालन गरिएको स्वास्थ्य शिविरमा म्याद नाघेका औषधि बाँडिदैछ भन्ने सूचना प्राप्त भएपछि जिल्ला जनस्वास्थ्यको टोलीसहित पुगेर नियन्त्रणमा लिएका हौं," एसएसपी अधिकारीले भने । उनका अनुसार नियन्त्रणमा लिएका ब्याङ वान काङ, जु सङ ली, जाई की जियोन र योङ सुन योन कोरियन उलसन ग्रिन डाक्टर नामक संस्थामा आबद्ध चिकित्सक र स्वयंसेवक हुन् । घटनास्थल पुगेको प्रहरी प्रभाग सानेपाको टोलीले शिविरबाट २९ कार्टुन म्याद गुजे्रका औषधि बरामद गरेको हो ।

औषधि व्यवस्था विभागमा वैशाख २१ गते प्रहरीले बुझाएका व्यक्तिलाई सोही दिन दक्षिण कोरिया दूतावासले आफ्नो रोहवरमा रिहा गरेर लगेको छ । विभागका महानिर्देशक बालकृष्ण खकुरेलले प्रहरीले बुझाएका चारैजनालाई दूतावासका अधिकारीले बुझेर लगेको बताए ।

'हामीले औषधि यहीँ राखेका छौं, थप कारबाहीका लागि स्वास्थ्य मन्त्रालयमा पत्र लेखेका थियौं, निर्देशन पर्खेर बसेका छांै,' खकुरेलले भने । उनले चिकित्सक सम्बन्धमा मन्त्रालयको चिकित्सा शाखाले थप कारबाहीको निर्देशन दिनुपर्ने कानुनी प्रावधान छ । उनका अनुसार प्रहरीले बुझाएको २९ कार्टुन औषधिमा म्याद लेखिएको स्थान च्यातेको र कोरिएको छ ।

दक्षिण कोरियाको उल्सन ग्रिन डाक्टर नामक संस्थाका ८ जना चिकित्सक र २२ जना स्वयंसेवकको समूह काठमाडौं उपत्यकाका विभिन्न ग्रामीण क्षेत्रमा पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्ने र म्याद गुजे्रका औषधि बाँड्ने गर्दै आएका थिए । संस्थाले वैशाख १६ र १७ गते ललितपुर, गोदावरी र १९ गते काठमाडौं, दक्षिणकाली क्षेत्रमा सञ्चालन गरेका स्वास्थ्य शिविरमा समेत विभिन्न रोगका बिरामीलाई म्याद गुजे्रका औषधि वितरण गरेको फेला परेपछि स्थानीय प्रशासन र प्रहरीले नियन्त्रणमा लिएर जिल्ला जनस्वास्थ्य कार्यालयमा बुझाएको थियो ।

इलाका प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय फर्पिङले १९ गते नियन्त्रणमा लिएर जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंमा बुझाएको चिकित्सक समूहलाई तत्काल जनस्वास्थ्यले औषधि व्यवस्था विभाग बुझाएको थियो । सरकारी कारबाही चलिरहँदा अर्को समूह भने ललितपुरको नक्खुमा सोही प्रकारको शिविर र औषधि बाँड्नमा सक्रिय भएको फेला परेको हो ।

इप्रका फर्पिङका प्रहरी निरीक्षक उपेन्द्र खरेलले एकजना पास्चर (क्रिस्चियन धर्मगुरु) नेतृत्वमा फर्पिङ क्षेत्रमा संस्थाले म्याद गुजे्रका औषधिबिना अनुमति बाँडिरहेको फेला पारेपछि नियन्त्रणमा लिएको जानकारी दिए । 'भूकम्प पीडितका लागि बिनाअनुमति सञ्चालित स्वास्थ्य शिविरबाट काम नलाग्ने औषधि बाँडेको भेटिएको मुचुल्कासहित जिल्ला जनस्वास्थ्यमा बुझाएका थियौं,' खरेलले भने । उनले फर्पिङ क्षेत्रका ६ सय २५ भूकम्पपीडितलाई शिविरमा जाँच गरेको रेकर्ड प्रहरीले फेला पारेको बताए ।

नेपाल अघि उल्सन ग्रिन डाक्टर नामक संस्था बंगलादेश र श्रीलंकामा यस्तै शिविर सञ्चालन गरी नेपाल आएको अनुसन्धानमा खुलेको छ । संस्थाले नेपालजस्तै अविकसित देशका प्राकृतिक प्रकोप पीडित, युद्ध पीडित र असहायका लागि सेवाका नाममा क्रिस्चियन धर्मको प्रचार र सदस्य बनाउने कार्य गर्दै आएको छ ।

दीपक खरेल , नागरिक न्यूजबाट
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget