Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

आइपिएल : पुणेका जाम्पाले ६ विकेट लिए, तर हैदरावाद हारेन

काठमाडौ , वैशाख २९ गते ।  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेट अन्तर्गत मंगलबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भयो ।
 हैदरावादले राइजिङ पुणे सुपरजाइन्ट्सलाई चार रनले हराएको हो । विशाखापट्नमा भएको खेलमा पुणेका एडम जाम्पाले चार ओभरमा १९ रन दिएर ६ विकेट लिए पनि टिमलाई हारबाट जोगाउन सकेनन् । एक सय ३८ रनको लक्ष्य पछ्याएको पुणेले २० ओभरमा ८ विकेट गुमाएर एक सय ३३ रन मात्रै बनायो । पुणेका कप्तान महेन्द्र सिंह धोनीले २० बलमा ३० तथा जर्ज बेलीले ४० बलमा ३४ रन बनाए । हैदरावादका आशिष नेहराले तीन विकेट लिए । पहिले ब्याटिङ गरेको हैदरावादले ८ विकेटको क्षतिमा एक सय ३७ रन बनायो । उसका लागि शिखर धवनले २७ बलमा ३३, केन विलियम्सनले ३७ बलमा ३२ तथा युवराज सिंहले २१ बलमा २३ रन बनाए । १० खेलबाट १४ अंक जोडेको हैदरावाद शीर्ष स्थानमा छ । ११ खेलबाट ६ अंक मात्रै जोडेको पुणे सातौं स्थानमा छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget