Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

यसकारण नबिर्सौं कोइरालालाई

लक्ष्मण कार्की


ध्यानी, सन्यासी, तवश्वि वा साधक हुनु बेग्लै कुरा सामान्य मानिसमा सम्पत्तिप्रतिको आशक्ति र विलासी जीवनप्रतिको मोहबाट मुक्त भएको भेट्न मुश्किल छ ।

अझ नेपालमा त राजनीतिमा लागेकाहरुमा सादा जीवन र इमान सबैभन्दा दुर्लभ जिनिस नै हुन् भन्दा फरक पर्दैन । राजनीतिको उद्देश्यै अकुत आर्जन र बढीभन्दा बढी अख्तियारीको दुरुपयोग गर्दै अस्वभाविक चुरीफुरी बढाउनु हो भन्ने कुरो नेपाली राजनीतिको मानक जस्तै बन्दै गएको सन्दर्भमा सुशील कोइराला यसबाट माथि हुनुहुन्थ्यो । र, यो चानचुने कुरा होइन पनि ।

नश्वर चोला उठिसकेपछि पनि उसलाई सम्झिने केही कर्महरु हुन्छन् । मृत्युको बेला राम्राराम्रा कुरामात्र गरेर लोलोपोतो घस्ने तर भोलिपल्टदेखि विर्सन थाल्ने आम चरित्रकाबिच सादा र सामान्य जीवनशैली र सुशासनप्रतिको अठोट उहाँलाई सम्झिइने र सम्झिनुपर्ने मुख्य कुरा हो ।

उहाँ प्रधानमन्त्री हुँदा मुख्य सचिवका रुपमा काम गरेका लीलामणी पौडेल कोइरालालाई सादा र सरल जीवनशैली अनाउने, पदीय अहम पटक्कै नभएका र भ्रष्टाचार वा अनियमितताको शंका लागे त्यसलाई रोक्न कसैसँग सम्झौता नगर्ने स्वभावका व्यक्तित्व भनेर सम्झनुहुन्छ । तत्कालिन मुख्य सचिव पौडेलको ठाउँमा अर्को मुख्य सचिव बनाउन पार्टीभित्रैबाट चर्को दबाब आएपनि उहाँले त्यो कानून विपरित हुने भन्दै मान्नुभएको थिएन । यसो गरिए त्यो थिति बिरुद्ध हुने कोइरालाको बुझाइ थियो ।

प्रधानमन्त्री भएपछि लगत्तै उहाँले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले भुक्तानी गर्ने रकम वेब साइटमा सार्वजनिक गर्ने निर्णय गर्नुभएको थियो । भलै उहाँले यसलाई हुनुपर्नेजति प्रभावकारी बनाउन सक्नुभएन । तर उहाँले पारदर्शितालाई प्राथमिकतामा राखेको प्रमाण थियो त्यो । कर्मचारीले नै यो निर्णयमा सहयोग नगरेको उहाँले गुनासो गर्ने गर्नुभएको थियो ।

हुनपनि देशको सर्वाेच्च पदमा आसिन भएका बेलामा पनि उहाँमा त्यो पदको अहम कहिल्यै देखिएन । कोइरालाका भाषणमा त्यो तुजुक अहँ कहिंकतै देखिन्थेन ।
व्यक्तिगत सम्पत्ति आर्जनमा उहाँको मोह कहिल्यै देखिएन । पार्टी सभापति हुनुभन्दा अघिसम्म काठमाडौंको नयाँबानेश्वरमा रहेको भान्जा रमेशको घरका २ साँघुरा कोठामा गुजारा चलाउनुभयो । कार्यवहाक सभापति भएपछि भेटघाट, सुरक्षा गाडी पार्किङ लगायत कारणले असहज पुर्व सभापति गिरिजाप्रसाद कोइरालाका लागि पहिल्यै भाडा तिरिसकिएको महाराजगञ्जको घरमा सर्नुभएको थियो ।

पार्टी सभापति र प्रधानमन्त्री दुवैमा उहाँको कार्यकाल सुस्त अवश्य थियो तर सुशासनको सुरुवात गराउन उहाँले भरमग्दुर प्रयास गर्नुभएको थियो ।  पार्टीलाई सहयोग गर्नेको रकम होस् वा विभिन्न मन्त्रालयले गर्ने खर्च पनि पारदर्शी हुनुपर्छ भन्नेमा उहाँको जोड थियो । अनियमितता गरेको भेटिएपछि नै उहाँले लामो समयदेखि आफ्नो सहयोगी रहेका एक व्यक्तिलाई पदमुक्त गराउनुभएको थियो ।

उहाँले बुझाएको सम्पत्ति विवरणमा आफूसँग ३ वटा मोबाइल सेट मात्र भएको विवरण पेश गर्नुभएको थियो । जसलाई कतिपयले उडाए पनि तर देशको प्रधानमन्त्री र सबैभन्दा ठुलो दलको सभापतिका रुपमा रहेका कोइराला श्रीसम्पत्तिको आशक्तिबाट कसरि टाढा रहन सक्नुभयो भन्ने कुरा ठूलो थियो ।

मृत्युका बेला नराम्रा कुरा किन गर्नु भनेर चुप लाग्नु बेग्लै कुरा होइन भने सुशिल कोइराला उत्तम नेतृत्वकर्ता र अद्भुत क्षमता भएका नेता हुनुहुन्थेन भन्न हिच्किचाउनु पर्दैन ।

नयाँ संविधान जारी गराउन महत्वपुर्ण भूमिका निर्वाह गरेर सर्वत्र वाहवाही पाइरहेका बेला हठात् फेरि प्रधानमन्त्रीको उम्मेदवार बनेर उहाँले पार्टीभित्रकै र बाहिरको पनि समर्थकको चित्त दुखाउनुभयो ।

धेरैलाई छक्क पारेर आखिर किन उहाँ फेरि प्रधानमन्त्रीका लागि उम्मेदवार बन्नुभयो ? त्यसको जवाफ अब कसैले दिन सक्ने छैन । तर फेरि प्रधानमन्त्री बन्ने चाहना उहाँको जीवनको सवैभन्दा ठूलो आशक्तिका रुपमा रहिरहने छ । आखिर मानिस ३२ सै लक्षणले युक्त त कहाँ हुन सक्छ र ?

UJYAALO ONLINE

Labels:

Post a Comment

Anjana Rai liked this on Facebook.

Samir Magar liked this on Facebook.

Suban Yakha liked this on Facebook.

Rama Subba Koirala liked this on Facebook.

Madan Tara Safal liked this on Facebook.

Bishal Rijal liked this on Facebook.

Sabina Dhakal liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

Samiksha Basnet liked this on Facebook.

Bijay Chamling liked this on Facebook.

Anita Subba liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget