Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

२०८८ सालपछि सक्रिय राजनीति छाड्ने गगन थापाको घोषणा

० माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले अबको १५ वर्षपछि मुलुक र पार्टीको कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।

आगामी १५ वर्षमा गगनको उमेर ५५ वर्षको हुनेछ । विद्यार्थी राजनीतिबाटै चर्चामा आएका गगन अहिले ४० वर्षका भए । उनले अबको १५ वर्ष देशका लागि आफूलाई समर्पित गर्ने र ५५ वर्ष उमेर पुगेपछि मन्त्री वा सांसद नहुने र कार्यकारी पदमा नबस्ने घोषणा गरेका छन् ।
म ५५ वर्षको हुँदै गर्दा, ४० वर्ष उमेर हाराहारीका होनहार युवा उत्पादित भइसकेका हुन्छन्, जसको भरमा पार्टी छोड्दा हामीलाई ढुक्क होस्

अनलाइनखबरसँग कुरा गर्दै कांग्रेस नेता थापाले भने-‘मैले यो निर्णय लिएँ कि ५५ वर्ष (२०८८ साल) देखि राजनीतिको कार्यकारी पदमा नबस्ने ।’ थापा अघि भन्छन्,-५५ वर्षसम्म राजनीतिमा जे-जति जिम्मेवारी लिने हो कोसिस गर्छु, यसो गर्न अझै मलाई १५ वर्ष छ ।’

गगन दुईपटक सांसद भइसके । दोस्रो संविधानसभामा काठमाडौं ४ बाट निर्वाचित उनी १२ औं महाधिवेशनमा कांग्रेसको केन्द्रीय सदस्य पनि बने ।

‘मुलुक राम्रोसँग चल्यो र म सक्रिय रहेँ र क्षमताले भ्यायो भने अब थप तीनचोटि सांसद हुन सक्छु । अन्य कार्यकारी जिम्मेवारीमा पनि पुग्न सक्छु’ गगन भन्छन्-‘झन्डै २० वर्षसम्म पार्टीको केन्द्रीय निकायमा बसेर काम गर्न सकिने रहेछ । अब भन्नुस्,२० वर्षसम्म केन्द्रीय निकायमा बसेर काम गर्ने, पाँचपटक सांसद हुने, यो बीचमा सकेका जिम्मेवारीहरू पनि लिने, योभन्दा बढी मैले के खोज्ने ?’

उनले अबको १५ वर्षमा जति सकिन्छ, त्यति कार्यकारी जिम्मेवारी लिने लक्ष्य रहेको बताए । यो अवधिमा गगन थापाले नेपाली कांग्रेसको सभापतिदेखि मुलुकको प्रधानमन्त्री बन्ने प्रयाससम्म गर्न सक्छन् । फागुनमा हुने कांग्रेसको १३ औं महाधिवेशनमा भने गगन पदाधिकारीमा चुनाव लड्ने तयारी गर्दैछन् ।

उनले भने-लक्ष्यका साथ काम गर्ने, लक्ष्य पूरा नभए पनि सकिएन भनेर नयाँ पुस्तालाई छाडिदिने । लक्ष्य पूरा नभएको अवस्थामा केही पाइँन, नयाँ पुस्ता पनि जन्माउन सकिनँ भनेर फेरि पद खोज्नु त मेरो अर्को असफलता हुन्छ ।’

उनले अनलाइनखबरसँग भने-हामी ०८८ सालमा पुग्दा त पार्टीमा होनहार युवा आइसकेका हुन्छन्, त्यसबेला हाम्रो उपस्थितिले उनीहरूको प्रगतिलाई रोक्छ मात्रै । म ५५ वर्षको हुँदै गर्दा, ४० वर्ष उमेर हाराहारीका होनहार युवा उत्पादित भइसकेका हुन्छन् । हामी लागेरै त्यस्ता होनहार युवा जन्माउनैपर्छ, जसको भरमा पार्टी छोड्दा हामीलाई ढुक्क होस् ।’

तर, आज कांग्रेसमा त्यस्तो अवस्था छैन । ८० वर्ष लागिसकेका सुशील कोइराला फेरि एकपटक पार्टी सभापति आफैं लड्छु भनिरहेका छन् । संस्थापन गुटमा कृष्ण सिटौला, प्रकाशमान, अर्जुननरसिंह केसी वा रामशरण महतहरुले नेतृत्व दाबी गरे पनि कोइरालालाई ‘मैले पार्टी छोडे बर्बाद हुन्छ’ भन्ने अनुभूति छ । शेरबहादुर देउवाले बिमलेन्द्र निधिहरुलाई पार्टी छोडने अवस्था देखिएको छैन ।

गगन भन्छन्, सुशील कोइराला वा देउवाको कमजोरी होस् वा दाबी गर्नेहरूको कमजोरी होस्, यो हाम्रो पार्टीका निम्ति सुखद कुरा हुँदै होइन । हामीले यो प्रयत्न गर्नुपर्छ कि आफू ५५ वर्षसम्म पुग्दा नै पार्टीमा होनहार युवा नेता जन्मिसकेका हुन् । यस्तो लागोस् कि अब कार्यकारी जिम्मेवारीमा हाम्रो उपस्थितिले पार्टीलाई मद्दत पुर्‍याउँदैन ।’

उनका अनुसार नयाँलाई अवसर दिएर पार्टीबाट सन्यास लिने वा जोगी हुने भन्ने पनि होइन । कार्यकारी जिम्मा नलिइकनै, सांसद मन्त्री नभइकनै पनि पार्टीलाई मद्दत गर्न सकिने गगन बताउँछन् । उनी भन्छन्, यो मेरो कुरा हो, मैले अरुका लागि भन्दै छैन, सबैले आफ्नो ५५ वर्षको उमेरमा कार्यकारी पदका लागि राजनीति नगर्नुस् भन्ने होइन, अरुले जे गरुन् । मैले यो आफ्नो कुरा गर्दै छु, यो मेरो व्यक्तिगत निर्णय हो ।

टिप्पणीः आवेगको निर्णय हो कि विवेकको ?

कांग्रेस नेता थापाले विवेकपूर्ण ढंगबाट सोचेर यस्तो निर्णय गरेको बताए पनि ५५ वर्षमै सक्रिय राजनीति त्याग्ने उनको घोषणा निकै चुनौतीपूर्ण देखिन्छ ।

किनभने, ५५-६० वर्षको प्रौढ उमेर मानिसका लागि सामाजिक राजनीतिक क्षेत्रमा निकै महत्वपूर्ण देखिन्छ । ५८ वर्षको हाराहारीमा निजामति सेवाबाट अवकाश लिनेहरुले पनि सामाजिक क्षेत्रमा सक्रिय काम गर्ने इरादा राखिरहेका हुन्छन् । राजनीतिक दृष्टान्तका लागि हेर्ने हो भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदी ६४/६५ वर्षको उमेरमा पनि शारीरिकरुपमा समेत निकै सक्रिय छन् । यस्तो उमेरमा गगन थापा राजनीतिको उच्च तहमा सेवारत रहनका लागि परिपक्व बन्न सक्छन् ।

नेपाली कांग्रेस पुराना नेताहरुको बाहुल्य रहेको पार्टी हो । अबको १५ वर्षपछि गगनका उमेरका नेताहरु ५०/६० को हाराहारीमा पुग्नेछन् र उनीहरुले पार्टी तथा देशको नेतृत्व गर्नुपर्ने बेला हुन सक्छ । तर, त्यस्तो उमेरमा उनले अवकाश लिए भने पार्टीमा परिपक्व नेताहरुको अभाव खड्कने सम्भावना हुन सक्छ ।

अहिले ६५ वर्षको हाराहारीमा पुग्दासम्म उच्च तहको जिम्मेवारीमा पुग्न नपाइरहेका शेखर कोइराला, कृष्णप्रसाद सिटौलाजस्ता नेताहरु मुख्य जिम्मेवारीमा नपुगेको स्थितिलाई हेर्ने हो भने ५५ वर्षमै सक्रिय राजनीतिबाट बाहिरिने गगनको घोषणा अलिकति अवैज्ञानिक एवं आवेगपूर्ण भयो कि ? कि थापाले सही निर्णय गरेका हुन् ? पक्कै पनि यसबारे सार्वजनिक बहस होला नै ।

तर, ८० वर्षको उमेरसम्म नेतृत्वमा रहिरहन खोज्ने सुशील कोइराला प्रवृत्तिलाई भने युवा नेता थापाको यो नयाँ घोषणाले सकारात्मक दबाव दिएकै मान्नुपर्छ ।

- See more at: http://www.onlinekhabar.com/2016/02/383189/#sthash.UyWkVSFS.dpuf
Labels:

Post a Comment

Bhawana Rai liked this on Facebook.

Bikash Basnet Beeky Bhai liked this on Facebook.

Junu Pokhrel liked this on Facebook.

Mukunda Khadka liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

Samir Magar liked this on Facebook.

Pradip Kanel liked this on Facebook.

Nani Chettri liked this on Facebook.

Arjun Panta liked this on Facebook.

Shylin Chettri liked this on Facebook.

Bhim Limbu Aashu liked this on Facebook.

Bhola Adhikari liked this on Facebook.

Santosh Giri Bindash liked this on Facebook.

Gobinda Khatiwada liked this on Facebook.

Rupnarayan Neupane liked this on Facebook.

सुनिता भण्डारी liked this on Facebook.

Anjana Rai liked this on Facebook.

Bishal Rijal liked this on Facebook.

Sagar Bhattarai liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

Ambika Prasad Acharya liked this on Facebook.

Tanka Neupane liked this on Facebook.

Rochak Dawadi liked this on Facebook.

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

Bal Krishna Khanal

""Napatyaune kura"". Susil le pani ek patak lai savapati vaneka thiye ni?

Milan Lamixaney liked this on Facebook.

Surya Khatiwada liked this on Facebook.

Kopila Nepal liked this on Facebook.

Praween Upadhyaya liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget