Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

ह्याकरलाई ३ सय ३४ वर्षको जेल सजायँ

hacketrधेरै मानिस सय वर्ष नपुग्दै मर्छन् । त्यसैले बालिग मानिसलाई कुनै गम्भीर अपराधमा आजिवन जेल सजाय तोकेपनि ऊ बढिमा ८०-९० वर्ष जेलमा बस्ला । त्यसपछि त उसको प्राणन्त भैहाल्छ । तर आखिर अदालती फैसला न हो, एक सय वर्ष पनि नबाँच्ने मानिसलाई ३-४ सय वर्षको जेल सजाय तोक्न न्यायाधीशहरु पछि पर्दैनन् ।

आखिर कानूनले त्यस्तै व्यवस्था गरेपछि के गर्नु त । टर्कीमा भएको छ यस्तै । त्यहाँ २६ वर्षका एक युवकले ३ सय ३४ वर्षको जेल सजायँ पाएका छन् । टर्कीका एक ह्याकर ओनुर कोप्क्याकलाई मानिसहरु क्रेडिट कार्ड ह्याक गरेको अभियोगमा एक अदालतले ३३४ वर्षको जेल सजाय सुनाएको छ ।

ओनुर सँगै अन्य ११ जना ह्याकरलाई सन् २०१३ मा एक नक्कली वेबसाइट मार्फत ठगी गरेको अभियोगमा गिरफ्तार गरिएको थियो । उक्त वेबसाइटको माध्यमबाट उनीहरुले मानिसहरुका बैंक क्रेडिट कार्डको विवरण चोर्ने गर्दथे । बैंकका उपभोक्ताहरु उक्त वेबसाइटलाई आधिकारिक ठानेर आफ्नो क्रेडिट कार्डको पूरा विवरण त्यसमा भर्ने गर्दथे । अनि ह्याकरहरुले क्रेडिट कार्डका ती विवरण मार्फत मानिसहरुको पैसा उडाइदिन्थे ।

ती युवा विरुद्ध विभिन्न ४३ जना मानिसले ठगीको जाहेरी दिएका थिए र अदालतमा मुद्दा चल्दा उनीमाथि १९९ वर्ष ७ महिनाको सजाय सुनाइएको थियो ।

पुनः अर्को अभियोगमा सुनुवाई हुँदा गत जनवरी १० मा अदालतले ओनुरलाई ११ वटा क्रेडिट कार्डको विवरण चोरी गरेको प्रमाणित गरी उनको जेल सजाय बढाएर ३ सय ३४ वर्ष पूराएको हो । – एजेन्सीको सहयोगमा
Labels:

Post a Comment

Arr Zoon Guragain liked this on Facebook.

Ganga Dulal liked this on Facebook.

Aryal Shreejana liked this on Facebook.

Rai Lokendra Muga liked this on Facebook.

Sarmila Khadka liked this on Facebook.

Prashant Jang Niroula liked this on Facebook.

Bhola Adhikari liked this on Facebook.

Anuska Chhetry liked this on Facebook.

Devchandra Ghimire liked this on Facebook.

Bishal Karki liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget