Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

जिल्ला अधिवेसन नजिकिँदै गर्दा खोटाङ कांग्रेसमा भाडभैलो

माघ १३, २०७२- कांग्रेसको जिल्ला अधिवेशन नजिकिँदै जाँदा संस्थापन र देउवापक्षबीच रडाको सुरु भएको छ ।

आगामी माघ १५ मा गाँउ, २२ मा क्षेत्र र २५ मा हुने जिल्ला अधिवेशनकालागि एक–अर्कालाई आरोप–प्रत्यारोप समेत सुरु गरेका छन् । संस्थापक्षले देउवा पक्षकालाई अन्तरघातीको संज्ञा दिएको छ भने देउवा पक्षले क्रियाशीलमा घोटला गरेको आरोप लगाएको छ ।

दोस्रो संविधानसभाको चुनावमा देउवा पक्षकाले एमालेलाई भोट हालेर कांग्रेसलाई पराजित पारेको भन्दै जिल्ला अधिवेशनमा पराजित गर्न संस्थापन पक्षले गाँउ तहसम्मका कांग्रेस कार्यकर्तालाई आह्वान गरेको छ । ‘यतिखेर हामी कांग्रेस शुद्धीकरण र सुदृढीकरण अभियानमा छौं,’ कांग्रेस जिल्ला सभापति विष्णुकुमार राईले भने, ‘कांग्रेस हराउने अन्तरघातीलाई जिल्ला अधिवेशनमा परास्त गर्नु आवश्यक छ । नत्र कांग्रेस सधैं हारिरहनु पर्ने हुन्छ ।’

देउवा पक्षका जिल्ला नेता सुवासकुमार पोखरेलले पत्रकार सम्मेलन गरी संस्थापन पक्ष क्रियाशीलको नाम हटाएर अराजनीतिक तवरले प्रस्तुत भएको बताए । ‘संस्थापन पक्ष कांग्रेसको क्रियाशीलता खारेज गरेर अराजनीतिक बन्दै गएको छ,’ पोखरेलले भने, ‘यो विलकुल संकीर्ण र गैरराजनीतिक मानसिकता हो ।’

दोस्रो संविधानसभाको चुनावमा अन्तरघात गरेको भन्दै पूर्व वन राज्यमन्त्री शिव बस्नेत, पूर्व पर्यटन राज्य मन्त्री सर्वधन राई, जिल्ला नेता सुवाशकुमार पोखरेल लगायत २० जनालाई दोस्रो संविधानको चुनाव लगत्तै कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको थियो । जिल्ला संगठन विभाग प्रमुख भूपेन्द्र राईको सिफारिसमा कारबाहीको प्रक्रिया बढाएको थियो । यद्यपि केन्द्रले स्वीकृति गरेन ।

अन्तरघात आरोपमा कारबाहीको सिफारिसमा परेका धेरैजसो देउवा पक्षमा छन् । यसबाहेक कारबाहीको सिफारिस गर्ने भूपेन्द्र राई पनि देउवा पक्षमै छन् । देउवा पक्षका कांग्रेस महासमिति सदस्य रविप्रकाश राई भने संस्थापन पक्षसँग छन् । यसमध्ये कारबाहीको सिफारिसमा परेका सुवाशकुमार पोखरेल र संस्थापन पक्षबाट दोस्रो संविधानसभामा खोटाङ क्षेत्र नं १ का पराजित उम्मेदवार नरेशकुमार श्रेष्ठबीच सभापतिमा कडा प्रतिष्पर्धा हुने देखिन्छ । पूर्व वन राज्यमन्त्री शिवकुमार बस्नेत र पूर्व पर्यटन राज्यमन्त्री सर्वधन राई महासमिति सदस्य हँुदै केन्द्रीय सदस्यमा उठ्ने चाजो मिलाउँदै छन् । दोश्रो संविधानसभाको चुनावमा खोटाङ क्षेत्र नं २ बाट पराजित तथा खोटाङ कांग्रेसका जिल्ला सभापति विष्णुकुमार राई पनि संस्थापन पक्षबाट जनजाति कोटामा केन्द्रीय सदस्यको दाबेदार हुने देखिएको छ ।

 

 
Labels:

Post a Comment

Aago Pati liked this on Facebook.

Suman Ghimire liked this on Facebook.

Bharat Dahal liked this on Facebook.

Roshan Adhikaree liked this on Facebook.

Uma Thapa Magar liked this on Facebook.

Ghanashyam Ghimire liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget