Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

कंग्रेसको स्थानीय अधिवेशन शुरु

 


माघ १५, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १३ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशनको प्रक्रिया आजबाट मुलुकभर एक साथ सुरु भएको छ । पार्टीको केन्द्रीय नेतृत्व छनौटमा समेत प्रभाव पार्ने भएकाले संस्थापन पक्ष र वरिष्ठ नेता शेरवहादुर देउवा पक्षबीच गाउँ तहदेखि नै तिब्र प्रतिष्पर्धा देखिन्छ ।

आफ्नो पक्षमा प्रतिनीधी जिताउन शीर्ष नेतृत्वसमेत गाँउ र नगर वडा अधिवेशनका लागि जिल्ला जिल्ला पुगेका छन् । कतिपय गाउमा सर्वसम्मतीको प्रयास भइरहेको छ भने कतिपय ठाउमा विवाद देखिएपछि भोलिसम्मकालागि निर्वाचन स्थगित गर्ने तयारी भइरहेका हाम्रा सहकर्मीहरुले जनाएका छन् ।

झापामा भोलिमात्र निर्वाचन हुने निर्वाचन समितीले जनाएको छ । त्यस्तै, हुम्लाको लिमी गाविसमा चुनाव हुन सकेन । हिमपात पछि बाटो अवरुद्द हुदा आवागमन बन्द भएकाले हिमाल पारीको लिमी गाविसमा निर्वाचन हुन नसकेको हो ।

निर्वाचन भएका गाविस र नगर वडाबाट करिब १ लाख ४७ हजार क्षेत्रीय प्रतिनिधि तथा स्थानीय  समितिका पदाधिकारी चयन हुने छन् । स्थानीय अधिवेशनमा ४ लाख ७० हजार क्रियाशील सदस्य  सहभागी हुने कांग्रेसले बताएको छ । निर्वाचन समितीले ३ हजार १ सय ५७ गाविस, २ सय १७ नगरपालिकामा एक साथ अधिवेशनको तयारी गरेको हो ।

आज निर्वाचित हुने प्रतिनिधीले आगामी माघ २२ गते हुने क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधी छनौट गर्ने छन् । तिनै महाधिवेशन प्रतिनिधी नै केन्द्रीय महाधिवेशनका मतदाता हुन् । फागुन २० गतेदेखि राजधानीमा सुरु हुने महाधिवेशनमा झण्डै ३ हजार २ सय प्रतिनिधि सहभागी हुने अनुमान छ । महाधिवेशनकालागि विदेशस्थित विभिन्न मुलुकका जनसम्पर्क समितिले पनि प्रतिनिधी छनौट गरिसकेका छन् ।

यसैबीच कांग्रेसले तराई मधेसका गाउमा आज हुने अधिवेशनकालागि सहयोग गर्न आन्दोलनरत मधेसी मोर्चाका नेतालाई आग्रह गरेको छ ।
Labels:

Post a Comment

Key Run Neupane liked this on Facebook.

Samir Nplyz liked this on Facebook.

Samir Magar liked this on Facebook.

Kiran Basnet liked this on Facebook.

Anjana Rai liked this on Facebook.

Indra Gautam liked this on Facebook.

Ráàz Záàw Gáàw Táàm liked this on Facebook.

Sanjula Khadka liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget