सरकारका काम प्रभावकारी बनाउन आफ्ना मन्त्रीलाई एमाओवादीको निर्देशन
माघ १४, काठमाडौं ।
सत्तारुढ एकीकृत माओवादीले सरकारका कामहरु प्रभावकारी र जनमुखी बनाउन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको छ ।
स्थायी समिति बैठकमा अधिकांश सदस्यले सरकारको काम सन्तोषजनक नभएको गुनासो गरेपछि एमाओवादीले आफ्ना मन्त्रालयका कामलाई प्रभावकारी र परिणाममुखी बनाउने निर्णय गरेको हो ।
विगतका कमीकमजोरी सच्याउदै नकारात्मक कामहरुबाट शिक्षा लिएर अगाडि बढ्ने निर्णय भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
संकटको अवस्थामा मन्त्रीले जनताप्रति जिम्मेवार भएर काम गर्न नसकेको गुनासो बढेपछि एकीकृत माओवादी स्थायी समिति सदस्य तथा सरकारमा सहभागी मन्त्रीसहितको छलफलमा जुटेको थियो ।
छलफलमा उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझी र गृहमन्त्री शक्ति बस्नेत, बनमन्त्री अग्नि सापकोटा, सामान्य प्रशासन मन्त्री रेखा शर्मा लगायतले मन्त्रालयमा भएका कामको रिपोर्टिङ गरेका थिए ।
Post a Comment
Bharat Dahal liked this on Facebook.
Ráàz Záàw Gáàw Táàm liked this on Facebook.
Sabin Jang Niroula liked this on Facebook.
Aago Pati liked this on Facebook.