काठमाडौँ, ३० पुस । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे बुधबार सहमति पत्रमा हस्ताक्षर भएको छ ।
नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि., एपेक्स डेभलपमेन्ट बैंक लि., इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने÷गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।
गाभ्ने-गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
२०७२ साल असार मसान्तको वित्तीय विवरणअनुसार छ वटा बैंक तथा विकास बैंकको गाभ्ने÷गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी रु आठ अर्ब २१ करोड, निक्षेप रु ८१ अर्ब १२ करोड र कर्जा रु ६४ अर्ब ८८ करोड पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिनुभयो ।
Post a Comment
Devchandra Ghimire liked this on Facebook.
Anuska Chhetry liked this on Facebook.
Shiva Kumar Rai liked this on Facebook.
Bikash Basnet Beeky Bhai liked this on Facebook.
Suchee Poudel liked this on Facebook.
Uma Thapa Magar liked this on Facebook.
Sugit Bhandari liked this on Facebook.
Punam Kharel liked this on Facebook.
Sanju Thapa liked this on Facebook.
Madan Tara Safal liked this on Facebook.
Nusa Koyu Rai liked this on Facebook.
Bharat Dahal liked this on Facebook.
Arr Zoon Guragain liked this on Facebook.