Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

सचिवमा उमेद्वारी दिदैछु : राजु मास्के

विराटनगर , २७ पुष । नेपाली कांग्रेस मोरङमा स्वस्च्छ छवि वनाउनु भएका युवा नेता राजु मास्के आसन्न नेपाली कांग्रेसको अधिवेशनमा केन्द्रीत raju maskeyहुनुभएको छ । २०४४ देखि नेवि संघ बाट सक्रिय राजनीति प्रारम्भ गर्नु भएका मास्केले नेपाली कांग्रेसको तत्कालिन क्षेत्र नं. ७ मोरंगको तदर्थ क्षेत्रिय समितीमा क्षेत्रिय सभापती पहिलो पटक र दोस्रो पटक पार्टीको ११ औ महाधिवेशन बाट २ तिहाई बहुमत बाट पार्टीको क्षेत्रिय सभापती हुनुभएको थियो । हाल मोरङ कांग्रेसको जिल्ला सदस्य हुनुहुन्छ ।
पार्टी सञ्चालनका लागि ब्यक्तिगत स्वार्थ पुर्ण रुपमा त्याग्नु पर्ने भावना राख्नु हुने मास्के हाल मोरंग काग्रेसमा सचिव पदमा उमेद्धवारी दिनुभएको छ । अधिवेशन नजिकिदै गर्दा मास्के संग आगोपाटीले गरेको कुराकानीको सार संक्षेप :–
१ अधिवेशन नजिकिदै गर्दा व्यस्तता पनि बढिरहेको हो ?
हो निश्चित रुपमा व्यस्तता वढेको छ । निश्चय पनि अधिवेशनको संघारमा हामी नेपाली काग्रेसका नेता कार्यकर्ता तथा सुभ चिन्तकहरुमा कस्तो पार्टी बनाउने कस्तो व्यक्ति नेतृत्वमा आउने अभियान चलिरहेको छ । मोरंगका हरेक ठाँउमा नेतृत्वको विषयमा चर्चा बढिरहेको छ । अधिवेशनको बेला अन्य समय भन्दा व्यस्तता बढ्नु स्वभाविक हो । साथीभाईहरु संगको छलफल र अन्तक्रिया पनि बाक्लो रुपमा गरिरहेको छु । अब पाटीलाई कुन रुपमा लाने र जनभावना अनुरुपमा पाटी बनाउनलाई कस्तो नेतृत्वको जरुरी छ भन्ने विषयमा छलफलमा छु । तसर्थ पनि व्यस्तता बढिरहेको छ । नेपाली जनताले अपनत्व हुने खालको पाटी बनाउनु अहिलेको जिम्मेवारी समेत देखिएकोले व्यस्तता अलि धेरै भएको हो । नेपाली जनतालाई कसरी समृद्धी तर्फ लाने भनेर पाटी नेतृत्वमा चुनौती रहेको छ । जनता बेरोजगार , गरिवी बाट रुमालिएका छन् । यस्तो विषम परिस्थिीतीमा निकास दिन नसकेको परिस्थितीले समस्या लाई जटिल बनाउदै लगेको देखिएको छ । तराईमा संविधानको विपक्षमा देखिएको विरोधका विचमा नेपाली हरुले भोग्नु परेको कस्टकर जीवनलाई सम्बोधन गर्ने शिलशिलामा संविधान नेपाली काग्रेसले संविधान संसोधनको विद्येयक केही समय पछि नै दर्ता गरेकोे भएपनि हालको सरकारले संसोधन विद्येयक पारित गर्न गाह्रो भएको छ ।
२.लामो समय देखि पार्टीमा क्रियाशील हुनुहुन्छ ? कुन पदको दाबी गरिरहनु भएको छ?
सचिव पदका लागि उमेद्धारी दिनेछु । २०४४ सालदेखि क्रियाशिल रुपमा कांग्रेसको कुनै न कुनै रुपमा भुमिका निर्वाह गरिरहेको छु । ७० बर्ष पछि मात्र कांग्रेसमा परिपक्क देख्ने चलन आम मानिसमा छ तर त्यो भन्दा धेरै परिमार्जित कांग्रेस भईसकेको छ । अब हाम्रो पुस्ताले राजनीतिमा निर्णायक भुमिका पाउने बेला अहिलेको आवश्यक्ता रहेको हो । आम मोरंगका कांग्रेसी दिदीबहिनी तथा दाजुभाईले अहिले मलाई सचिवको रुपमा काम गरेको हेर्न चहानुभएको छ । मेरो चाहना पनि त्यहि रहेको छ ।
३.सचिवका लागि केन्द्रीय नेताको आर्शिवाद पनि त चाहिएला नि ?तपाई कुन पक्ष ?
केन्द्रीय नेताको मात्र होईन आम नेता कार्यकर्ताको आर्शिवाद चाहिन्छ । कांग्रेस एक भईसकेको कुरा धेरै बुझने मानिसले पनि नबुझेको जस्तो महसुुस कहिलेकाही मलाई हुन गरेको छ । म कस्को पक्ष भन्दा पनि म समग्र काग्रेस पक्षको हो भनेर बुझिदिदा राम्रो हुन्छ ।
४.देशको पुरै राजनीति मोरङ कांग्रेस‘ संग’केन्द्रीत हुने गरेको छ । मोरङमा पाँच जना केन्द्रीय सदस्य छन् । तपाईलाई कुनै केन्द्रीय नेताको आशिर्वाद छैन् ?
सवै केन्द्रीय सदस्यहरुको सहयोग मलाई हुनुपर्छ र सवै नेताहरुबाट मलाई सहयोग गर्नुहुन्छ । आर्शिवाद भन्दा पनि अब जनतालाई काम गर्ने नेताको खाचो छ ।जनताको सुविधा र आवश्यता बुझ्ने नेता चाहिएको छ । खाओवादी भन्दा विकास वादी नेताको आवश्यकता हो । त्यसकारण यो समय मेरो आवश्यतालाई काग्रेसीले महसुस गरिसकेका छन् ।
५. अन्त्यमा के भन्न चहानुहुन्छ ।
अन्त्यमा सवै दाजुभाई तथा दिदीबहिनीहरुमा मेरो आग्रह छ की ब्यक्ति भन्दा पनि पार्टी बनाउने अभियानमा लाग्नुहोेस । ७० बर्ष सम्म हामी सबैले ब्यक्तिवादी प्रलोभनमा परेर नेतृत्वको छनौछ गरेका हौ की भन्ने मेरो बुझाई छ । नेतृत्व भनेको समाजमा सर्मपित हुनुपर्छ । समाजलाई विकासको उत्कर्समा पुर्याउनुपर्छ । नेपाली काग्रेसको संगठनलाई संस्थागत रुपमा व्यवस्थापन गर्न मेरो उमेद्धारी हो । सम्पुर्ण पत्रकार, युवा, पेशाकर्मी ,बुद्धिजिवी , मजदुर , सुभेक्षुक संस्थाहरु तथा तमाम लोकतन्त्रमा विश्वास गर्नेहरुलाई मलाई सहयोग गर्न विनम्र अनरोध गर्दछु । विकास , रोजगारी , भाषा , धर्म , सस्कृती , परम्परा लगायतको मानविय आश्यकताका सम्पुर्ण क्षेत्रको विकासका लागि मोरंग काग्रेसमा मेरो सचिवको उमेद्धारी रहेको अवगत गराउदै सबै काग्रेसी मित्रहरुको सहयोगको अपेक्षा गरेको छु । कुराकानी गर्ने अबशर प्रदान गर्नुभएकोमा आगोपाटी परिवार प्रती धेरै धेरै कृतज्ञ छु ।

raju with pub

 

raju21
Labels:

Post a Comment

Ambika Prasad Acharya liked this on Facebook.

Narayan Khatiwada liked this on Facebook.

Susila Sharma liked this on Facebook.

Devchandra Ghimire liked this on Facebook.

Nirmal Subedi liked this on Facebook.

Shyam Magar liked this on Facebook.

Bhola Adhikari liked this on Facebook.

Karki Ashish liked this on Facebook.

Goma Nepal liked this on Facebook.

Rajan Niroula liked this on Facebook.

Suman Ghimire liked this on Facebook.

Binod Koirala liked this on Facebook.

Hem Giri liked this on Facebook.

Durga Subedi liked this on Facebook.

Punam Kharel liked this on Facebook.

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget