Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

संवादबाटै निकास खोज्न दुवैपक्ष गम्भीर हुनुपर्छ : सभासद् थापा

काठमाडौँ, २६ भदौ । सभासद् एवम् नेपाली काँग्रेसका युवा नेता गगनकुमार थापाले संविधानसभाको जारी प्रक्रिया केही लम्ब्याएर पनि संवादबाट समाधान खोज्ने तीन दलको प्रयास सराहनीय भएको बताउनुभएको छ ।

सभासद् थापाले आज एक विज्ञप्ति जारी गरी समयको सदुपयोग गरी संवादबाटै निकास निकाल्न दुवैपक्ष गम्भीर हुनुपर्ने बताउनुभयो ।

प्रदेश सिमाङ्कनको विषयलाई लिएर तराईमा पछिल्ला दिनमा भइरहेको हिंसात्मक घटना जोसुकैबाट भएको भए पनि मुलुकका लागि घातक हो भन्दै उहाँले प्रक्रिया स्थगनसँगै यो महत्वपूर्ण घडीमा सबै पक्षले गम्भीरताकासाथ सोच्न, संयमित र संवेदनशील भएर संवादबाट निकास खोजी मुलुकलाई थप दुर्घटना हुनबाट जोगाउन सबैसमक्ष आग्रह गर्नुभएको छ ।

सभासद् थापाले विज्ञप्तिमा भन्नुभएको छ– “यतिवेला एक दुई दिनमा एउटा पक्षको मागलाई सम्बोधन गर्ने गरी सिमाङ्कनको हेरफेरले मात्रै समस्या समाधान हुन सक्दैन । बितेका एक महिनामा देशभर भएका घटनाक्रमले पनि दिशानिर्देश गरेको छ कि सङ्घीयता र सिमाङ्कनको विषयमा नयाँ विन्दुबाट थप गहन र वहुआयामिक छलफल आवश्यक छ ।”

उहाँले समस्याको निकासका लागि सिमाङ्कनको विषय आयोगले टुङयाउनेगरी संविधानका अन्य विषयहरु प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने र अबको संविधानसभा बैठकबाटै उक्त आयोग गठन गरी तीन महिनाको समयसीमा तोकिनुपर्नेमा जोड दिनुभएको छ ।

सभासद् थापाले आन्दोलनका क्रममा भएका विभत्स र क्रुर घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई दण्डित गर्न पनि आग्रह गर्नुभएको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget