Halloween Costume ideas 2015

A News portal by Websoft IT Nepal Pvt. ltd.

PLEASE BOOKMARK US BY PRESS CTRL+D बूक्मार्क गर्न CTRL+D थिच्नुहोस् 

मप बैठक : चिकित्साशास्त्र शिक्षा आयोग गठन प्रस्ताव समाजिक समितिमा

काठमाडौँ, २२ भदौ । मन्त्रिपरिषद्को सोमवारको बैठकले प्रा डा गोविन्द केसीसँगको सहमतिको कार्यान्वयनका क्रममा चिकित्साशास्त्र शिक्षा आयोग गठन आदेशसम्बन्धी प्रस्तावलाई परिषद्को सामाजिक समितिमा पठाउने निर्णय गरेको छ ।

दुई दिनअघि सरकारका प्रतिनिधि र डा केसीबीच सहमति भई उहाँले अनशन तोड्नुभएको थियो । सरकारका तर्फबाट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेल र मुख्य सचिव डा सोमलाल सुवेदीले अनशनरत डा केसीसँग सहमति गर्नुभएको थियो ।

सरकारका प्रवक्ता डा मीनेन्द्र रिजालले बैठकपछि दिनुभएको जानकारीअनुसार बैठकले कमलशाली घिमिरे तथा महेश शर्मा पौडेललाई नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणी ९सचिव० मा बढुवा गरी पदस्थापन गरेको छ । घिमिरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र शर्मा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापन हुनुभएको छ ।

बैठकले पाटनका सुषमालता माथेमालाई काठमाडाँै, पोखराका सत्यराज गुरुङलाई पोखरा तथा नेपालगन्जका यज्ञप्रसाद बस्याललाई नेपालगन्जमा क्रमशः राजस्व न्यायाधीकरणमा तोकेको पनि सूचना तथा सञ्चारमन्त्री रिजालले जानकारी दिनुभयो । बैठकले नागरिक लगानी कोषका अध्यक्षमा अर्थ मन्त्रालयका सचिव राजन खनाललाई तोकेको छ । आजै निजामती सेवा दिवसमा दिइने पुरस्कारबारे निर्णय पनि गरिएको छ ।

बैठकले समाजकल्याण परिषद्का सदस्य छत्रनाथ घिमिरेले दिएको राजीनामा स्वीकृत गरी रिक्त पदमा मधुकुमार चालिसेलाई नियुक्त गरेको छ । नेपाली सेनाका केही उपरथीको सरुवा गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
Labels:

Post a Comment

birano-maya-screennepal

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget